दश दिनदेखि हराएका बालक मृत भेटिए

वीरगन्ज। बाराको जितपुर सिमरा उपमहानगरपालिका सिमरास्थित मामाघर आएका तीन बर्षका बालक मृत फेला परेका छन्।मामाघर आएका बालक अंश चौधरी शनिबार खोलामा मृत फेला परेका हुन्।

बालक चौधरी माघ १७ गतेदेखि हराएका थिए। उनको शव पर्साको वीरगन्ज महानगरपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमानामा पर्ने कियासोत नदिमा भेटिएको हो।

EPIC EPIC EPIC

बालक अंश रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका छोरा हुन्। शव हेरेर उनका परिवारजनले बालक चौधरी नै भएको भनी सनाखत गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख डिएसपी शुभद्रा वाइबाले बताइन्।

उनका अनुसार प्रारम्भिक रुपमा हराइ रहेका बालककै शव रहेको देखिएको तर यस बारेमा थप पुष्टिको लागि पोस्टमार्टमको लागि शवलाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *