Search
Close this search box.
Search
Close this search box.

दसैँका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला

दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गते (शनिबार)देखि खुला गरिने भएको छ । यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

यसैबिच सरकार र यातायात क्षेत्रका सरोकारवालाबिच २० बुँदे निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकमा दुई पक्षबिच सो निर्णय भएको हो । 

EPIC EPIC

निर्णयमा अग्रिम टिकट बुकिङ खुला गर्ने, रुट परमिट खुला गर्ने, सडकको मर्मत सम्भार लगायत विषय समावेश छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *