दसैँ नजिकिँदै गर्दा चार लाख ६० हजारले छाडे उपत्यका

काठमाडौं। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने बढेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १ असोजदेखि १० असोज साँझसम्म चार लाख ६० हजार पाँच सयले सडकमार्ग भएर उपत्यका छाडेका छन् । ६ असोजदेखि उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको हो ।

बिहीबार ५६ हजार ९०६ यात्रुले उपत्यका छाडेकामा शुक्रबार झन्डै ६० हजार यात्रु बाहिरिएका छन् । अहिले काठमाडौं उपत्यकासँग जोडिएका सबै सडकमा सवारीसाधनको चाप बढेको छ । शनिबारबाट संख्या अझ बढ्ने आकलन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनका अनुसार सडक अस्तव्यस्त हुँदा केही दिन यात्रुहरूले निकै सास्ती खेप्नुपरे पनि बिहीबार साँझदेखि भने राजमार्ग सहज भएका कारण बाहिरिनेको संख्या थप बढ्दो छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

हाल उपत्यकाका चारैतिरका नाकाका झोला बोकेर घर फर्कन बस कुर्ने यात्रुको भिडभाड देखिन्छ । अन्य समयमा विभिन्न कामकाजले उपत्यका आउनेहरूको संख्या बढे पनि चाडबाडको वेला भने उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्ने गर्छ । उपत्यकाको कलंकी, बल्खु, जडीबुटी, जगाती, चाबहिल, नयाँ बसपार्क, बालाजु, माछापोखरीलगायत स्थानमा घर फर्कने यात्रुहरूको बाक्लो उपस्थिति हुने गरेको छ । दसैँको वेला १५ लाखभन्दा बढी मानिसले उपत्यका छाड्ने गर्छन् । ट्राफिक प्रहरीले बसपार्कसहितका क्षेत्रमा सहायता कक्ष पनि राखेको छ । 

कहिले कति बाहिरिए ?
१ असोजमा ३४ हजार ५५६ यात्रुले उपत्यका छाडेका थिए । त्यस दिन चार हजार ८६४ यात्रुवाहक सवारीसाधन बाहिरिएका थिए । २ असोजमा पाँच हजार ८०२ सवारीसाधनमा ३६ हजार एक सय यात्रुले उपत्यका छाडेकामा ३ असोजमा ४० हजार ५५५ यात्रुले उपत्यका छाडे । तर, मुग्लिन–नारायणगढ र पृथ्वी राजमार्गमा पहिरोका कारण ४ असोजमा बाहिरिनेको संख्या घट्यो । सो दिन ३४ हजार ८७९ यात्रु उपत्यकाबाट बाहिरिएका थिए । ५ असोजमा सो संख्या झन् घट्यो । उक्त दिन २६ हजार ५७८ यात्रु उपत्यकाबाट बाहिरिए । 

घटस्थापनाको दिन ६ असोजमा ६ हजार १०४ सवारीसाधनमा ४० हजार ९२३ यात्रु बाहिरिए । ७ असोजमा ३९ हजार ११४ यात्रु बाहिरिए भने ८ असोजमा ५७ हजार ५५९ यात्रुले उपत्यका छाडे । त्यस्तै, ९ असोजमा ५६ हजार ९०६ यात्रुले उपत्यका छाडेकामा १० असोजमा झन्डै ६० हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन् । 

सहज छैन यात्रा
काठमाडौं उपत्यकासँग जोडिएका प्रमुख मार्ग वेलावेला अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । मुग्लिन–नारायणगढ सडक पछिल्लोपटक १०५ घण्टा अवरुद्ध भएको छ । पहिरो पन्छाएर बिहीबार रातिबाट सडक खुलाइए पनि पहिरोको जोखिम कायमै छ । त्यस्तै, पोखरालाई काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नागढुंगा खण्ड पनि पहिरोका कारण अवरुद्ध हुँदै आएको छ । पूर्वी नेपालको लाइफलाइन बिपी राजमार्गमा पनि यात्रुले सास्ती खेप्दै आएका छन् ।

गत वर्षको बाढीले बगाएको क्षेत्रमा अस्थायी ट्र्याक मात्र छ, जसकारण पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुने गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले पनि पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले दसैँमा घर फर्कने यात्रुले सास्ती खेप्नुपरेको बताए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *