जिल्ला सरकारी वकिलको कार्यालय झापाको कार इलाममा दुर्घटनामा परेको छ ।
बुधबार बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा २ झ २६७१ नं को कार दुर्घटनामा परेको हो । कार रोकेर बाटोको ढुङ्गा पन्छाउन खोज्दा सो कार आफै ब्याक भएर सडकबाट करिब ३ मिटर तल झरेको प्रहरीले जनाएको छ ।
कारमा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र चालक सवार रहेका थिए । दुवै सकुशल रहेको जनाइएको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको बताइएको छ ।