दाँत कोट्याउने सिन्कानै साढे तीन करोडको आयात


चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले झन्डै साढे तीन करोड रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का (टुथपिक) विदेशबाट आयात गरेको छ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, सो अवधिमा ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरका टुथपिक आयात भएका छन्। तीमध्ये काठबाट बनेका टुथपिकको मूल्य मात्रै १ करोड ८६ लाख ५२ हजार रुपैयाँ पुगेको छ। बाँकी टुथपिक प्लास्टिक, बायोडिग्रेडेबल वा अन्य सामग्रीबाट बनेका हुन सक्ने विभागको अनुमान छ।

EPIC EPIC EPIC EPIC

सामान्यतया सस्तो र दैनिक उपभोग्य मानिने यस्ता स-साना सामग्रीमा समेत नेपाल अत्यधिक आयातमा निर्भर रहेको यो तथ्यांकले देखाएको छ। उत्पादन गर्न सहज देखिने यस्ता वस्तुको समेत ठूलो मात्रामा आयात हुनु अर्थतन्त्रको दिगोपन र स्वदेशी उत्पादन क्षमतामाथि गम्भीर प्रश्न उठाउने विषय हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *