Search
Close this search box.
Search
Close this search box.

दाङको कोइला खानीमा लुकाइएको अवस्थामा शिवराजको शव फेला, दुईजना पक्राउ

दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर–६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ को गदारी र फाँटाको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला परेको हो । केसी घोराहीको अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

EPIC

गएको पुस ८ गते घरदेखि बङ्गलाचुली जान्छु भनेर हिँडेका उहाँको त्यही दिन नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । केसीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ गदारीका शेरबहादुर कुँवर र उनकै श्रीमती दीपालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

कोइला खानीको झण्डै ५० मिटर सुरुङभित्र शव रहेको आरोपितको बयानका आधारमा खोजी गर्दा शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *