Search
Close this search box.
Search
Close this search box.

दाङमा मेवाको व्यावसायिक खेती सुरु

दाङ/ जिल्लामा व्यवासयिक रुपमा मेवा खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुरमा व्यावसायिक रुपमा मेवा खेती थालिएको हो । घोराहीका कुलबहादुर डिसी र तुलसीराम केसीले २४ लाख रुपैयाँको लगानीमा अढाई विगाह जमिनमा मेवा खेतीको सुरु गरेका हुन् । स्वास्थ्यका हिसावले फाइदाजनक मानिने मेवाको बजार सम्भावना देखेपछि खेती गर्न सुरु गरेको डिसीले बताए ।


गत साउन महिनामा रोपिएको मेवा अहिले बिक्रीका लागि तयार भएका छन् । “रोपेको ६ महिनामा फल्न सुरु गरेको हो, अहिले बिक्री गर्न सुरु गरीसकेका छौं ।” डिसीले भने । पाइवरनका रेडलेडी जातको मेवाको बिरुवा घरमै उत्पादन गरेर नारायणपुर वीपी वाटिका स्थित चौरमा खेती गरेको उनको भनाइ छ । एउटा मेवाको बोटले कम्तीमा ५० र बढीमा एक सय किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले व्यावसायीक रुपमा यो खेती सुरु गरिएको उनको भनाइ छ । एउटा मेवा सवा दुईदेखि ३ केजीसम्म हुने गरेको छ । व्यावसायीक मेवा खेती जिल्लामा मात्र नभएर लुम्बीनी प्रदेशकै पहिलो पटक भएको दावी डिसीको छ ।

EPIC EPIC


जिल्लामा कृषि व्यावसायीक हिसावले केही नयाँ गरौँ भनेर मेवा खेती सुरु गरेको डिसीको भनाइ छ । बिक्रीका लागि तयार भएका मेवा अहिले जिल्लाको घोराही लगायतका केही शहरबाट माग हुने गरेको छ । “अहिले घोराहीबाट माग आएकाले पठाउने व्यवस्था मिलाएका छौँ विस्तारै बजार खोज्ने छौ ।” उनले भने ।

नेपालमा हुने मेवाको मागलाई भारतीय उत्पादनले धान्दै आएको भन्दै उनी जिल्लामा आफैंले खेती थालेको बताउछन् । काठमाडौं, नारायणघाटमा मेवाको बजार राम्रो भएको उनले बताए । “काठमाडौं, पोाखरा लगायतका ठूला शहरमा मेवा किलोको एक सय २० रुपैयाँ रहेको छ, तर हामीले ५० रुपैयाँ किलोमा बिक्री गर्ने गरेका छौं ।” उनले भने । कृषकसँग ५० रुपैयाँ किलो रुपैँया खरिद गरी व्यावसायीले ८० रुपैयाँ प्रतिकिलोसम्म बिक्री गर्ने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *