Search
Close this search box.
Search
Close this search box.

दाङमा सवारी दुर्घटनामा परी एकजनाको ज्यान गयो

दाङ ।दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा शुक्रबार बेलुका सवारी दुर्घटनामा परि लमही(४ भैस्कोर्मा निवासी बर्ष ३१ का हेमन्त चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुय्राए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

पश्चिमबाट पुर्बतर्फ आउँदै गरेका उनी सवार लु ३१ प ४१५४ नम्बरको मोटरसाईकल सोही दिशातर्फ आउँदै गरेको भे १ त ४१५६ नम्बरको ट्याक्टरको पछाडी ठोक्किएर दुर्घटना भएको हुनसक्ने स्थानियले बताए । सोही अनुरुप ट्रेक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *