राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी रुपमा संसद् चलाइएको बताएका छन्।
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै संसद् बैठक अवरुद्ध गरेको छ।
तर सभामुख देशराज घिमिरेले पेलेर संसद् चलाएका छन्। जसलाई सांसद शाहीले दादागिरी रुपमा संसद् चलाइएको बताएका हुन्।
सून्य समयमा आफ्नो भनाइ राख्दै उनले भने– ‘यसरी आन्दोलन हुँदा यसरी संसद् चलाउनु के उचित हुन्छ। उचित हुँदैन भन्ने मलाई लाग्छ। हामी सबै जनताले जितेको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा कारबाही गर्ने भन्नेमा सबैले साथ दिनुस्। अरु कुरा नगरी यसरी संसद् चलाउनु यो संसदीय अभ्यास होइन। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुस्।’