दार्चुलामा प्रहरीमाथी चक्कु प्रहार

दार्चुलामा श्रीमती कुटपिट गर्ने अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि चक्कु प्रहार भएको छ।

महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुँवरले प्रहरी हवलदार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेर फरार भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

उमेशले श्रीमती धनिशा कुँवरलाई कुटपिट गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएपछि पक्राउ गर्न गएको प्रहरीमाथि नै चक्कु प्रहार गरेर कुँवर फरार भएका हुन्।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा र घाँटीमा चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।

उचक्कु प्रहार गरेर फरार कुँवरको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *