Search
Close this search box.
Search
Close this search box.

दार्चुलाका वडा सचिव बैतडीमा मृत भेटीए

 
दार्चुलाको शैल्यसिखर नगरपालिका वडा न.२का वडा सचीव खेमराज कपाडी बैतडीमा मृत भेटिएकाछन् । शैल्यसिखर–२ रौतेउडा निवासी २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
हिजो बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिडेका कपाडीको शव र  मोटरसाइकल आज भेटिएको छ । 
मोटरसाइकल सडकभन्दा १सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २सय मिटर तल भेटिएको छ । 
कपाडी हिजो बिहान १० बजे डडेल्धुरा स्थीत तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिडेको तरुणदल केन्द्रीय सदस्य घनश्याम भट्टले बताए । 
कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *