दिलभूषण पाठकविरुद्धको पक्राउपुर्जी खारेज गर्न सम्पादकहरूको माग

काठमाडौँ। विभिन्न संचार संस्थाका सम्पादकहरूले पत्रकार दलभूषण पाठकविरुद्ध जारी भएको पक्राउपूर्जी खारेज गर्न माग गरेका छन्।

शनिबार ३५ संचार संस्थाका सम्पादकहरूले विज्ञप्तिमार्फत पाठकविरुद्ध फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा पक्राउ पुर्जी जारी भएको बताएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

उक्त पक्राउ पुर्जी जारी हुनु विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको उनीहरूको ठहर छ। ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

साथै नेपालखबर डटकम र बिजमान्डु डटकमसहितका अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचार हटाउन भन्दै काठमाडौँ जिल्ला अदालतबाट जारी भएको आदेशप्रति असहमति रहेको पनि सम्पादकहरूले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *