Search
Close this search box.
Search
Close this search box.

दिल्लीमा क्रिसमस र नयाँ वर्षमा जमघट गर्न नपाइने

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षमा कुनै पनि जमघट गर्न नपाइने भएको छ ।

कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

EPIC EPIC EPIC

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण डीडीएमए ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट डीएम लाई सबै प्रकारका साँस्कृतिक कार्यक्रम र जमघटमाथि बन्देज लगाएको हो ।

जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ । व्यावसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन भनिएको छ ।

‘सबै डीएम र जिल्ला डीसीपीले क्रिसमसम वा नयाँ वर्षका अवसरमा कुनै पनि कार्यक्रमरजमघटरसमारोह आयोजना नहुने कुराको सुनिश्चित गर्नुपर्ने छ’, आदेशमा भनिएको छ ।

हालसम्म १०६ मुलुकमा फैलिइसकेको ओमिक्रोन भेरियन्टका संक्रमित भारतमा समेत बढिरहेका छन् । त्यहाँ बुधबारसम्म कुल २१३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी दिल्लीमा छन् । भारतीय समाचार माध्यमका अनुसार त्यहाँ ओमिक्रोनबाट हालसम्म ५७ जना संक्रमित भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *