Search
Close this search box.
Search
Close this search box.

दुई महिनाको अवधीमा ६ करोड ४४ लाखको तास आयात

चालू आर्थिक वर्ष २०८०/८१ को भन्सार विभागको तथ्यांकअनुसार २ महिनामा ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ । विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा साढे ६ करोड रुपैयाँ बराबरको तास आयात भएको हो ।

यस अवधिमा चीन र भारतबाट धेरै आयात भएको देखिएको छ । चीनबाट ६ करोड १ लाख रुपैयाँ बराबरको तास आयात हुँदा भारतबाट ४३ लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

EPIC

गत आर्थिक वर्षको दुई महिनाको अवधिमा १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास आयात भएको थियो । सरकारले गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित तास लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल राष्ट्र बैंकले एलसी नखोल्न सर्कुलर जारी गरेको थियो भने सरकारले आयात गर्न प्रतिबन्धित वस्तुको सूचीमा तासलाई राखेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *