शिवसताक्षी।
शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र ११ मा पर्ने दुधे बजार विकास समिती गठन भएको छ। समाजसेवी सन्तोष कुमार थोप्राको अध्यक्षतामा ११ सदस्य समिति आइतबार एक कार्यक्रमका बिच चयन गरिएको हो ।
नयाँ गठित समितीमा अध्यक्ष सन्तोष कुमार थोप्रा,उपाध्यक्षमा सुर्य प्रकाश योङया, कोषाध्यक्षमा मुना बिमली, सचीवमा नवराज घिमिरे, स-सचिवमा गोपाल नोयङ(जि.एन), सदस्यमा मन्जिल नेपाल,शक्तिमान थाम्सुहाङ,सावित्रा लिम्बू,दाताराम बिस्ट,लिला माया तुम्बापो र सुरेन्द नाल्बो सर्वसम्मत चयन भएका हुन् ।
कार्यक्रममा पुर्वाध्यक्ष पदम प्रसाद जवेगु, डम्बर मैनाली जग्गादाता डिल्ली बिमली लगायतले आफ्नो भनाइ राखेका हुन।
आगामी ४ वर्षका लागि नयाँ समितीले विभिन्न विकासका कामहरु गर्ने, बजारलाई नयाँ ढंगले प्रस्तुत गर्ने र सफा बनाउने प्रतिबद्धता चयन भएका अध्यक्ष थोप्राले बताए ।
कार्यक्रममा वडा नम्बर ९ र ११ का वडाअध्यक्ष र वडा सदस्य लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन निवर्तमान सचीव बिनोद खरेलले गरेका थिए।