दुध तताउने क्रममा इलामको डेरीमा आगामी

इलाम। इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ ।

शनिबार सन्दकपुर–३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल दुध डेरीमा आगलागी भएको हो ।

EPIC EPIC EPIC

दुध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा र डेरी पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाखबराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *