Search
Close this search box.
Search
Close this search box.

दुध पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक ?

काठमाडौँ । दूध मानव शरीरको लागि निकै महत्त्वपूर्ण अनि एक स्वस्थ पेय हो भन्ने विश्वास नेपाली समाजमा व्याप्त छ । केही व्यक्ति यस्ता पनि छन् जसलाई राती सुत्नुअघि एक गिलास तातो दूध नपिई राम्रो निद्रा नै लाग्दैन । सत्य चाहिँ के हो भने नवजात अवस्थापछि मानिस बाहेक अरू कुनै प्राणीले अर्को प्राणीको दुध पिउँदैन । के दूध यस्तो चीज हो जसलाई हर कोहीले दिनहुँ पिउन सक्छन् रु दूधमा कस्ता खालका पोषक तत्त्व पाइन्छ रु दिनहुँ कति दुध पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ रु अनि कसले चाहिँ दूध पिउनु हुँदैन रु यो लेखमा यी सबै प्रश्नको उत्तर दिने प्रयास गरिएको छ ।

दूधमा कस्ता पोषक तत्त्व पाइन्छ ?

EPIC EPIC EPIC

अधिकांश मानिस गाईको दूध पिउने गर्छन् । भैँसीको दूध प्रयोग पनि निकै हुने गरेको छ । क्यालोरी हेर्ने हो भने हरेक सय ग्राम गाईको दूधमा ६७ ग्राम क्यालोरी हुन्छ । सोही मात्राको भैँसीको दुधमा भने ११७ ग्राम क्यालोरी पाइन्छ । भैँसीको दूध लगातार पिउँदा तौल बढ्नुको कारण पनि यही हो । सय ग्राम गाईको दूधमा करिब १२० ग्राम क्याल्सियम हुन्छ भने सोही मात्राको भैँसीको दूधमा २१० ग्राम क्याल्सियम हुन्छ । प्रोटिनको सवालमा भने १०० ग्राम गाईको दूधमा ३।२ ग्राम प्रोटिन हुन्छ भने १०० ग्राम भैँसीको दूधमा ४।३ ग्राम प्रोटिन हुन्छ । तर यो क्यासिन प्रोटिन हो । यसको मतलब यो प्रोटिन पच्दैन । तपाईँको आन्द्रामा ल्याक्टिज इन्जाइम छैन भने दूध पिएपछि शारीरिक समस्या हुने कारण पनि यही हो । फ्याटको कुरा गर्ने हो भने प्रत्येक १०० ग्राम गाईको दूधमा ४।१ ग्राम र भैँसीको दूधमा ६।५ ग्राम फ्याट हुन्छ ।

कसले गर्नु पर्छ दूधको सेवन ?

पहिला पहिला आमाको दूध पिउने बालबालिकामा मात्रै ल्याक्टेज इन्जाइम पाइन्थ्यो । तर दैनिक दूध पिउने बानी बसेपछि मानव शरीरमा परिवर्तन आएको डाक्टरहरू बताउँछन् । त्यसैले वयस्कहरूले दूध पिउनु हुँदैन । दूधको सम्बन्ध पाचनसँग छ । कसै–कसैले एक लिटर दूध पनि अपच नहुने गरी पिउन सक्छन् । तर कसैलाई आधा गिलास दूध पिए पनि पेट फुल्ने, दुख्ने र पखाला लाग्ने समस्या आउन सक्छ । यस्ता व्यक्तिले दूध पिउनु हुँदैन । धेरै पोषक तत्त्व हुने भएकाले बच्चालाई दूध खुवाउनु पर्छ । यसले तौल पनि बढाउँछ । तर बच्चालाई दूध मात्रै खुवाउनु हुँदैन । कतिपय बालबालिकाले दूधकै कारण अन्य खानेकुरा राम्ररी खाँदैनन् ।

हरेक दिन कति दुध पिउनुपर्छ

केही वर्ष अघि भारतीय क्रिकेटर महेन्द्र धोनीले दिनमै चार लिटर दूध पिउँथे रे भन्ने हल्ला थियो । धोनी आफैँले भने दिनमा दिनकै एक लिटर दूध पिउने गरेको बताएका थिए । तर सबैले दिनहुँ एक लिटर दूध पनि पिउन सक्दैनन् । धोनी निकै व्यायाम गर्छन् । उनमा एक लिटर दुध पचाउन सक्ने क्षमता हुन सक्छ । एक स्वस्थ व्यक्तिले ४०० मिलीसम्म दूध वा ४०० ग्रामसम्म दही खान सक्छ भन्छन् पोषणविद्हरू ।

एकै पटक ४०० एमएल दूध खानु भन्दा बिहान २०० एमएल र बेलुका २०० एमएल दूध खानु राम्रो हुन्छ भन्छन् विज्ञहरू । कसै कसैको दूधमा चिनी मिसाएर खाने बानी पनि छ । दूधमा पहिले टन्नै क्यालोरी हुन्छ । त्यसैले यसमा चिनी मिसाएर खानु हुन्न । अल्सर वा ल्याक्टोज एलर्जी भएकाहरूले सकेसम्म दूध नखानु राम्रो हुन्छ । अपचको समस्या भएकाहरूले पनि दूध नछुनु राम्रो हो । यस्ता व्यक्तिले क्याल्सियमको लागि दूधको सट्टा घिउ, बदाम, हरियो तरकारी जस्ता क्याल्सियमका अन्य विकल्प प्रयोग गर्न सक्छन् ।एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *