दुर्गाभिट्टा सामुदायिक बनको वार्षिक साधारणसभा सम्पन्न


कचनकवल २ र ३ मा अवस्थित दुर्गाभिट्टा सामुदायिक बन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। 

आज भएको साधारण सभामा समूहका अध्यक्ष गङ्गा प्रसाद बानियाँले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। त्यस्तै सचिव तिला पाण्डेले वार्षिक आयस्रोत पेश गरेका थिए। यसैबीच लेखा संयोजक रेवती श्रेष्ठले लेखा प्रतिवेदन पेश गरेकी थिइन्। 

EPIC EPIC EPIC

कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले कार्यक्रममा ब्यानर पढेर उद्घाटन गर्दैगर्दा उनले आम उपभोक्ताले वर्तमानको फाइदा मात्र हेरी काठ दाउरा निकालेर आफ्नो जीवन स्तर नउठ्ने र जसले गर्दा जलवायु परिवर्तनले गर्दा यहाँको जैविक विविधासमेत असर पार्ने बताए। यस सामुदायिक बनका लागी आफू सधैँ लागि परेको उनले भने। यस बनभित्र रहेका स्रोतसाधनलाई पनि सदुपयोग गर्न जरुरी रहेको साथै गाउँपालिकाले यस बनमा आन्तरिक बाहिय पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने बारे पनि छलफल गरिरहेको बताएका छन्। 

यसैबीच कार्यक्रममा स्थानीय महासङ्घका अध्यक्ष चेतराज भट्टराईले बनले एउटा चुनौती पार गरेर बनलाई यस स्तरसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आउँदा दिनमा पनि यस्तै कार्यको अपेक्षा गरेका छन्। विषेश गरी यस बनभित्र माइकेनियालगायतका रोगका कारण बनमा क्षति हुँदै गरेको महासङ्घका अध्यक्ष भट्टराईले बताए। 

त्यस्तै, बन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेद प्रकाश भण्डारीले सामुदायिक सामुदायिक बन धेरै चरण पार गर्दै यहाँसम्म आएको र वन मन्त्रालयले कुनै चासो नदेखाएकोमा उनले दुख व्यक्त गरेका छन्।  साथै मन्त्रालयले सामुदायिक बनका लागि पटकपटक नियमावली परिमार्जन गर्दा समस्या भइरहेको समेत उनले बताए। उनले हाल आएर सामुदायिक बनले विभिन्न स्रोतको अर्थ अर्जन गरेर उपभोक्तालाई केही राहत मिलेको उनले बताए। बनको आपूर्तिको नाममा नराम्रा गतिविधि हुने गरेको बताए।

हाल समूहमा रहेको मौजदाता

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *