दुर्गा प्रसाईंको प्रश्न: हजुरबुवा कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ?

काठमाडौं। राजधानी काठमाण्डुमा आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा र नेता महेश बस्नेतले भक्तपुर जाँदा आफ्नो अनुमति लिनुपर्ने टिप्पणी गरेका छन् ।

EPIC

आज बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले कम्युनिस्टको जिल्लामा न्याय माग्न आउँदा महिलामाथि ओलीको पार्टीले हातपात गरेको आरोप लगाए ।

EPIC EPIC EPIC

उनले सोधे, ‘हजुरबुवा कसरी मुख देखाउनुहुन्छ ? झापा कसरी जानुहुन्छ ? ओलीको कम्युनिस्ट सिद्धान्त गयो । अब कसरी जानुहुन्छ हजुरबुवा गाउँमा ? झापामा मुख देखाउन सक्छन् ? मलाई नसोधी नजाँदा हुन्छ केपी ओलीले । मसँग अब महेश बस्नेतले भक्तपुर प्रवेश गर्न पनि मसँग अनुमति लिनुपर्छ । मजाक गरेको होइन, जे बोल्छु त्यो गर्छु ।’

युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोज्नेलाई कारबाही माग गर्नुपर्नेमा महिलावादी के हेरेर बसेका छन् भन्दै प्रश्न गरे ।

उनले भने, ‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’

काठमाण्डु, ललितपुर, भक्तपुर र कीर्तिपुरमा एमाले सकिँदै गएको उनले दाबी गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *