Search
Close this search box.
Search
Close this search box.

दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले भन्यो १५ दिनभित्र मेडिकल कलेजको लाइसेन्स दिनू

सर्वोच्च अदालतले झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र बिएन्डसी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ ।

चैत १२ गते न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको थियो । उक्त आदेशको पूर्णपाठ सार्वजनिक गर्दै इजलासले १५ दिनभित्र यसै शैक्षिक सत्रदेखि एमबिबिएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्न परमादेश जारी गरेको हो ।

EPIC

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौँ विश्वविद्यालय धुलिखेल र सरकारविरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

सरकारबाटै आशयपत्र (एलओआई) पाएपछि प्रसाईंले बैंकबाट कर्जा लिएर संरचना खडा गरे तर सम्बन्धन पाएनन् ।

प्रसाईंले आधा दर्जन बैंक तथा वित्तीय संस्थाबाट बिएन्डसीसहितका व्यवसाय गर्न साढे ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएका छन् ।

शिक्षा मन्त्रालयले २०६८ माघ १४ गते मेडिकल कलेज सञ्चालनका लागि दिएको मनसाय पत्र (एलओआई) लाई आधार बनाएर बैंकहरुले कर्जा दिने निर्णय लिएका थिए । कर्जा सम्झौतामा विद्यार्थीको पहिलो भर्ना भएपछि प्रथम किस्ता बुझाउन थाल्ने र कर्जा अवधि १५ वर्ष रहने उल्लेख थियो ।

तर, विभिन्न कारण प्रसाईंको बिएन्डसी मेडिकल कलेजले सञ्चालन अनुमति (एफिलिएसन) नपाउँदा प्रसाईंले बैंकको कर्जा तिर्न सकेका थिएनन् । मेडिकल कलेजको लाइसेन्स पाउनुपर्ने माग गर्दै प्रसाईं अदालत गएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *