दुर्गा प्रसाईं पक्राउबारे भ्रामक सूचना नफैलाउन प्रहरीको अनुरोध

काठमाडौ– यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले यसको खण्डन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले गएराति निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’ 

EPIC EPIC EPIC EPIC EPIC

प्रसाईंको सचिवालयले चाहिँ सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ ।

चैत १५ गतेको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको चर्चा भइरहेको छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले अर्कोे देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने गरिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *