दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’ एकै दिनमा ट्रेन्डिङ नम्बर १

गायक तथा मोडल दुर्गेश थापा र भ्लगर सिसन बानियाँको स्वरमा रहेको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा तहल्का पिटेको छ । बुधबार सार्वजनिक भएको यो गीतले यो समाचार तयार पार्दासम्म २१ लाखभन्दा धेरै भ्युज पाइसकेको छ ।

ट्रेन्डिङको  शीर्ष स्थानमा रहेको सज्जनराज वैद्यको ‘बेहुली’ गीतलाई पनि जाने भए जाम मायाले पछि पारेको हो । यसअघि दुर्गेशको ‘दुश्मन हेरेको हेरै’ गीतले पनि युट्युबमा तहल्का पिटेको थियो ।  वैद्यको ‘बेहुली’ चार दिनअघि युट्युबमा अपलोड भएको थियो । त्यसलाई दुर्गेश र सिसनको गीतले एक दिनमै पछि पारेको हो । आठ मिनेट लामो ‘जाने भए जाम माया’ गीतमा दुर्गेश, सिसन र अल्हाजी जेरोको स्वर छ । 

EPIC EPIC EPIC EPIC EPIC

शब्द र संगीत दुर्गेशकै रहेको यो गीतको भिडियोमा दुर्गेश, सिसन र अल्हाजीसँगै गुराँस नानीलाई फिचर्ड गरिएको छ ।त्यस्तै, नेपाल ट्रेन्ड्रिङको १० सम्म रहेका गीत क्रमश: अंशुल गार्गको हिन्दी र नेपाली फ्युजन रहेको ‘झिमझिम’, जेम्सिको र्‍यापगीत ‘बक्वास’, रोमन वज्रचार्यको ‘मैच्याङ’, एलिना चौहानको ‘पृथ्वी छाडेर’, नवाज अन्सारको ‘ढाका टोपी मैलो’, नमित मल्होत्राको ‘द इन्ट्रोडक्सन’, सुशान्त केसीको ‘पाहुना’ र नेपाल ट्रेन्डिङको १० को अन्तिम नम्बरमा पशुपति शर्माको ‘झोले त तैँ, झोले त मै’ रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *