दुर्घटनापछि उपचाररत भद्रपुरका सरोज बस्नेतको मृत्यु

बिर्तामोड– झापाको बिर्तामोडस्थित सञ्जिवनी अस्पताल अगाडि गत भदौमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका भद्रपुर–१० निवासी २९ वर्षीय सरोज बस्नेतको उपचारका क्रममा मृत्यु भएको छ।

उक्त दुर्घटनामा अर्का चालक कनकाई–५ निवासी २६ वर्षीय सागर घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो। घाइते बस्नेतको झण्डै छ महिनासम्म विभिन्न अस्पतालमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनी अचेत अवस्थामा रहेका थिए। हिजो बिहान घरमै उनको मृत्यु भएको परिवारले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

गत भदौ १३ गते राति १२:४० बजे पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे.५ प. ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१३ प. ५१४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका सागर घिमिरेलाई बीएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। त्यस्तै, सरोज बस्नेतको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो।

प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी बस्नेतको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *