दुर्घटनामा परी घाइते कार्कीको उपचारका लागि बगान युथ क्लबद्वारा रकम संकलन गरी हस्तान्तरण

बगान युथ क्लब रकम हस्तान्तरण

कचनकवल। कचनकवल गाउँपालिका वडा नं ३ स्थित बगान युथ क्लबले गत फाल्गुन २७ गते झापाको हल्दीबारी गाउँपालिका काजली चौकमा  मोटरसाइकल दुर्घटनामा परि घाइते भएका कचनकवलका सीबुलाल कार्कीलाई रकम संकलन गरी हस्तान्तरण गरेको छ।

क्लबले एक अभियान अन्तर्गत देश विदेशबाट क्लबको नाममा जम्मा हुन आएको रकम रू १ लाख १० हजार उपचाररत कार्की कै निवास कचनकवल ३ प्रगति चौक पुगेर आइतबार उनको आमालाई हस्तान्तरण गरेको हो।

EPIC EPIC EPIC

रकम हस्तान्तरण कार्यक्रममा युथ क्लबका अध्यक्ष पिताम्बर लिम्बू र सचिव  विश्वास अधिकारी लगायत क्लबका अन्य सदस्य एवं बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

विविध कारणले संकलित रकम हस्तान्तरणमा ढिलाई भएको स्वीकार गर्दै अध्यक्ष पिताम्बर लिम्बूले सम्पूर्ण सहयोगी जनहरूलाई एकमुष्ट धन्यवाद पनि दिनुभयो।

यसैबीच, विभिन्न सामाजिक कार्यमा अग्रसर कचनकवल १ घेराबारीका मार्ली मगरले समेत क्लबसँग सहकार्य गर्दै रू ४७ हजार संकलन गरी रकम हस्तान्तरण गरेका क्लबका सचिव विश्वास अधिकारीले जानकारी दिनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च