दुर्लभ निलगाई धानबारीमा मृत भेटियो

सिराहा। सिरहामा दुर्लभ मानिएको निल गाई मृत अवस्था भेटिएको छ । औरही गाउँपालिका ३ धानखेतमा निल गाई मृत अवस्था भेटिएको जिल्ला वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए ।

मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको छ । सेवा कार्यालय सिरहाका चिकित्सकले भने सरुवा रोगका कारण नीलगाईको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको झाले जानकारी दिए ।

EPIC EPIC EPIC

प्रमुख झाका अनुसार वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुनेछ । कसुर प्रमाणित भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च