झापा । स्वच्छ समाजका लागी सामाजिक अभियानलाई झापा बिर्तामोडका प्रसाइ परिवारबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
बिर्तामोड ५ निवासी सामाजिक ब्याक्तित्व लक्ष्मी प्रसाद प्रसाइले स्वच्छ समाजका लागी सामाजिक अभियान अर्जुनधारा ११ झापालाई आफ्नो पितृहरुको सम्झना र दृष्टिबिहिन एवम् असहाय बृद्व बस्ने आवास निर्माणका लागी जमिन खरिद गर्न अभियानले एकधुर एक ब्याक्ती सहयोग संचालन रहेको कार्यक्रम अन्तर्गत एकधुर बराबर एकहत्तर हजार एक सय एक रुपैया सामाजिक अभियन्ता एवम् समाजका अध्यक्ष गणेश ढुङ्गानालाइ हस्तान्तरण गर्नुभएको हो ।
अभियानले अर्जुनधारा, बिर्तामोड, सुरुङ्गा एवम् मेचिनगरको विभिन्न स्थानबाट टुटेफुटेका सिसा,प्लास्टिक, फलाम आदि फोहोर सकलन गरी बिक्री गरि आएको सकलित रकम एवम् देश बिदेशका सहयोगी मनका धनी ब्याक्तित्वहरुले दिएको रकमले अर्जुनधारा नगरपालिका ११ स्थित देवनिया प्रगतिटोल स्थित २ कटा ७ धुर जमिन खरिद गरेको र केही रकम अझ भुक्तानी गर्न रहेकोले हामीलाई सहयोगी मनका धनिहरुले सहयोग गरिरहेको अभियन्ता डुङ्गानाले बताउनुभयो ।
हाल आवासका लागि सकलित फोहोर बिक्री गरि आएको रकमबाट ढुङ्गा गिटि खरिद गरि सोही जमिनमा भवन निर्माण पनि थालिएको बरिस्ठ सल्लाहकार बोल प्रसाद कोइरालाले बताउनुभयो ।
सामाजिक अभियन्ता ढुङ्गनाकोले आफ्नो सम्पुर्ण समय सामाजिक कार्यमा लगाउनु भएको र वहाँले थालेको कार्य मानवसेवामा समर्पित छ वहाले थालेको कार्य फते गर्न सक्ने ब्याक्ती रहेकोले आफ्नो श्रीमति निरा प्रसाईं छोरा समीर प्रसाईं र छोरी समिक्षा प्रसाइबाट सो रकम प्रदान गरिएको प्रसाइले बताउनुभयो ।
असहाय, दृष्टिबिहिनहरुलाइ बस्ने आवास निर्माणका लागि दिनरात खटेको देखेरै मैले सहयोग गरेको र निर्माण सम्पन्न भै बस्न पाउन भनी प्रसाइले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरु सामाजिक ब्याक्तित्व अस्मिता तामाङ्ग, भुपेन्द्र श्रेष्ठ,रोसन कन्दङ्गवा, सस्थाका आर्थिक सम्योजक बुद्धिलाल चौधरी, बरिस्ठ सल्लाहकार बिपि कोइराला लगायतले सहयोगका लागी व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता गणेश ढुंगानाले गर्नु भएको थियो ।