Search
Close this search box.
Search
Close this search box.

देउनिया पुलमा मोटरसाइकल दुर्घटना, बुद्धशान्तिका कार्कीको मृत्यु

झापा । बिहीबार राति झापाको मेचीनगर नगरपालिका १२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC

राति ८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका १२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कार्कीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । हिजै मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् ।

केही दिनदेखि झापामा सवारी दुर्घटना बढेको छ । बुधबारमात्र झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *