देउवा चुनाव नलड्ने, आरजु टिकटबाट बन्चित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बताएको उनका स्वकीय सचिव  भानु देउवाले जानकारी दिए । 

EPIC EPIC EPIC

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।’

यता उनकी पत्नी आरजु राणा देउवा भने टिकटबाट बन्चित भएकी छन् । उनको क्षेत्र कैलाली–५ मा कांग्रेसले नरनारायाण शाहलाई टिकट दिएको छ ।

कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सोमबार रातिसम्म ८२ वटा उम्मेदवारहरु टुंग्याएको छ । 

प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *