देशभरका नगर उपप्रमुखको भेला आजदेखि विराटनगरमा, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराटनगर। आजदेखि विराटनगरमा देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन  शुरु हुँदैछ। 

देशभरिका महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुख तथा कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्ष सहभागी हुने सम्मेलनको उद्घाटन् विहान १० बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

EPIC EPIC EPIC

दुई दिनसम्म चल्ने सम्मेलनका लागि चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हिजै विराटनगर पुगिसकेकी छन्।  विराटनगर महानगरपालिकाको आयोजनामा हुने सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ।

सम्मेलनमा कानुनले दिएको अधिकार र कार्यान्वयनमा चुनौतीलगायतको वियषमा पनि घनिभूत छलफल हुने विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा कार्कीले जानकारी दिइन्। 

कतिपय पालिकाका उपप्रमुख र उपाध्यक्षहरु अझै पनि आफ्नो काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा प्रष्ट नभएकाले त्यस सम्बन्धमा छलफल गर्दै प्रष्ट पार्न सम्मेलन आयोजना गरिएको कार्कीको भनाइ छ। 

कानुनमा नितीगत सुधार गर्नुपर्ने र संशोधन गर्नुपर्ने कु्राहरु के छन् ती सबै विषय समेटेर एउटा घोषणपत्र तयार गरिने छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च