देशभरका विभिन्न कारागारबाट भागे १३ हजार ५७० कैदीबन्दी र ५६० थुनुवा

काठमाडौँ: जेनजीको प्रदर्शनपछि देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा भएको आक्रमणपछि देशभरबाट ठूलो संख्यामा कैदीबन्दी र थुनुवा कारागारबाट भागेका छन्। नेपाल प्रहरीका अनुसार केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले १३ हजार ५७२ कैदीबन्दी  र अनुसन्धान प्रक्रियामा रहेका ५६० थुनुवा फरार भएका छन्।

उनले यो अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्। मंगलबारको जेनजी प्रदर्शनीले उग्र रूप लिएपछि प्रदर्शनकारीहरूले देशभरका विभिन्न प्रहरी कार्यालयहरू नियन्त्रणमा लिई तोडफोड र आगजनी गरेका थिए। उक्त गतिविधिपछि अशान्ति र तोडफोडका क्रममा कैदीबन्दीहरू भाग्न सफल भएका हुन्।

EPIC EPIC EPIC

जेनजी प्रदर्शनकारीहरूले नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई निकालेसँगै देशभर कैदीबन्दी फरार हुने क्रम बढेको हो। बुधबार डिल्लीबजार कारागारका कैदीहरूले आफूहरू पनि लामिछाने जस्तै बाहिर निस्कन पाउनुपर्ने भन्दै कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेका थिए। तर उनीहरू अधिकांशलाई सेनाले नियन्त्रणमा लिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *