काठमाडौँ । देशभरबाट एक हजारभन्दा बढी मिटरब्याज पीडित काठमाडौँ आएका छन् ।
उनीहरू आफ्नो समस्या समाधानका लागि काठमाडौँ आएका हुन् । माइतीघरबाट सुरु भएको पीडितहरूको र्याली भद्रकालीसम्म पुगेको थियो । मिटरब्याजी साहुलाई कारबाही गर, हाम्रो भूमि फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, झुठो आश्वासन बन्द गर, सम्पूर्ण पीडितहरू एक हौँ, लगायतका नारासहित प्लेकार्ड बोकेर पीडितहरूले आन्दोलन गरेका छन् ।
आन्दोलनका क्रमममा पीडितहरूले हलो, कोदाली समेत बोकेका थिए । मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ ।