देशभर आंशिकदेखि साधारण बदली, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । आज देशभर मौसम आंशिकदेखि साधारण बदली रहने मौसम पूर्वानुमान केन्द्रले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। देशका सबै प्रदेशका केही स्थानहरूमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसका साथै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

EPIC EPIC EPIC EPIC EPIC

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्हarले बताएका छन्। कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको उल्लेख गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ।

मौसमी विश्लेषण अनुसार, हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ भने लुम्बिनी प्रदेशको पूर्वी भागमा समेत यसको असर देखिएको छ। देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत आंशिक प्रभाव पारेको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *