देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। आज देशभर आंशिकदेखि सामान्य बदलीको मौसम रहने जलवायु विज्ञान विभागले जनाएको छ। दिउँसो पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी क्षेत्रमा छिटफुट स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही भू-भागमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको विभागको भनाइ छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय छ। देशको पश्चिमी भू-भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा परेको विभागले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *