देशभर डेँगुका बिरामी ५१ हजार एक सय ७७ पुगे

काठमाडौँ- देशभर डेँगुबाट संक्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेँगु संक्रमित थपिएसँगै बुधबारसम्म संक्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो ।

तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेँगुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो  ।

EPIC EPIC EPIC EPIC

सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेँगुका संक्रमित छन् । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना संक्रमित भइसकेका छन् ।  

यस्तै डेँगुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ संक्रमित छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *