बुद्धशान्ति । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेताले देशलाइ बन्धक बनाएको आरोप लगाएका छन्।
बुधबार झापा बुद्धशान्ति स्थित बालुवाटार चोकमा पार्टि प्रबेश र आमसभालाई सम्बोधन गर्दै उनले तीन ठुला भनिएका पार्टीका कारण देश क्रमश अप्ठ्यारो स्थितिमा पुगेको बताए।
शासन सत्ताको बागडोर सम्हालेका नेपाली काङ्ग्रेस,एमाले र माओवादीले देशलाई गलत दिशातर्फ लगेका छन् जसको परिणाम सारा जनता र देशले भोग्नुपरेको छ,उनिहरु गल्ती दोहोर्याइरहने अनि त्यसको दुस्परिणाम हामिले भोगिराहने पर्ने ? उनले प्रश्न गरे।
ठुला दलहरुले परराष्ट नितिमा साझा धाराणा बनाउन नसक्दा अन्तराष्ट्रीय स्तरमै देशको छवि बिग्रेको समेत उनको भनाई थियो।
राप्रपा नेपाल बुद्धशान्तीद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले अधिकाशं समय तीन ठुला दललाई गाली गर्नमै खर्चिएका थिए। उनले ४ सय बढी नवप्रबेशी कार्यकर्ताहरुलाई आफ्नो धर्म चिन्न समेत आह्ववान गरेका थिए।