Search
Close this search box.
Search
Close this search box.

देशमै गरिखाने वातावरण बनाऊ

स्वदेशमा भनेजस्तो र पर्याप्त आम्दानी गर्ने रोजगारी नपाएको भन्दै विदेशिने युवाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । स्वदेश छाडेर विदेशिने बढेसँगै वैदेशिक रोजगारीका नाममा ठगि हुने क्रम समेत बढ्दै गएको छ । एक वर्षमा साढे सात हजारभन्दा बढी युवा ठगिएका छन् । स्वदेशमै रोजगार सिर्जना गर्ने भनेर सरकारले जतिसुकै ठोकुवा गरे पनि नेपाली युवाका लागि वैदेशिक रोजगार अपरिहार्य भइसकेको छ । यसरी दिनहुँ युवा देश छाडि रहँदा ठगिने क्रमपनि बढेको हो । यसरी ठगिनेमा गाउँघरका अशिक्षित मात्रै छैनन् शहरी क्षेत्रका र शिक्षित व्यक्ति पनि छन् । सरकारको चेतावनी र निर्देशन विपरीत वैदेशिक रोजगारी सम्बन्धी संस्था, व्यक्ति र शैक्षिक परामर्शदाताको प्रभावमा परेर ठगिने गरेका घटना बढेका छन् । सरकारलाई झुक्याएर विदेश पुगेका धेरै व्यक्तिले आफैँ झुक्किएको कुरा धेरैपछि मात्रै थाहा पाउने गरेका छन् ।

पछिल्लो समय राम्रो जागिर मिलाइदिने प्रलोभन देखाएर सरकारी ‘लाइसेन्स होल्डर’ वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सलटेन्सी र व्यक्ति नै ठगीमा सक्रिय छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सात हजार सात सय त्रिसठ्ठी जना ठगिएको उजुरी दर्ता गराएका छन् । ती मध्ये तीन हजार आठ सय सैँतीस उजुरी फछ्यौट भएका छन् । यसरी संस्थागत रूपमा आएका उजुरीमा रोजगार व्यवसायी कम्पनीले श्रमिकलाई भनेको काम, तलब तथा सुविधामा नपठाएको, भनेको भन्दा अर्कै कम्पनीमा पठाएको जस्ता उजुरी प्राप्त हुने गरेका छन् ।

EPIC EPIC EPIC

देशभित्रै पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना हुन नसक्नु दुखको कुरा हो । हरेक वर्ष करिव ६ लाख युवा श्रम बजारमा प्रवेश गरिरहेको अवस्थामा साढे तीन लाख रोजगारीका लागि विदेशिन्छन् । रोजगारीका लागि विदेश जानेहरूमध्ये धेरै रहरले गएका छैनन् । कोहीकोही मात्रै घुमघाम, रमाइलोका लागि जाने गरेका छन् । तरपनि अधिकांश युवा पैसा कमाउनका लागि नै गएका छन् । अरुको देखासिकी गर्ने र छोटो समयमै धनी हुने चाहनाले कतिपयलाई घर न घाटको बनाएका उदाहरण पनि छन् । सरकारको स्वीकृति लिएर सञ्चालन भइरहेका संस्थाहरूबाट ठगि बढिरहेका छन् । सर्वसाधारण नागरिक नै सचेत नहुँदा पनि ठगी बढेको छ । वैदेशिक रोजगारीका नाममा भइरहेका ठगीसँग सबै क्षेत्र जानकार छ । यसलाई सुधार गर्न सरकारले विभिन्न कदम चालेको छ तर प्रभावकारी हुन सकेको छैन । ठगी नियन्त्रणमा सरकारी संयन्त्र सक्रिय हुनु जति जरुरी छ त्यति नै विदेश जान चाहने व्यक्ति पनि सजग हुनुपर्छ । सकेसम्म देशमै गरिखाने वातावरण बनाऊ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *