दोलखाबाट काठमाण्डौं जाँदै गरेको स्कारपियो दुर्घटना, दुईजनाको मृत्यु, ६ जना घाइते

दोलखाबाट काठमाण्डौं जाँदै गरेको स्कारपियो दुर्घटना, दुईजनाको मृत्यु, ६ जना घाइते

चौतारा । दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक घर भएका बलबहादुर खत्रीको मृत्यु भएको हो । घाइतेहरुको पहिचान खुलेको छैन।

EPIC EPIC EPIC

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाँदै थियो ।

सडकबाट करिब ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *