काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको हाट डाँडा केन्द्रबिन्दू बनाएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो ।
मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।