Search
Close this search box.
Search
Close this search box.

धनकुटामा यात्रुवाहक बस भीरमा खस्यो, चार जनाको अवस्था गम्भिर

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी–६ कोलबोटेमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को. १ ख. २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सडकबाट ५० मिटर तल भीरमा खस्ने क्रममा रुखमा अड्किएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए । घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *