Search
Close this search box.
Search
Close this search box.

धनगढीमा आगलागी, एक अस्पतालसहित ८ पसल जलेर नष्ट

कैलालीको धनगढीमा भीषण आगलागी भएको छ। शुक्रबार राति धनगढी उपमहानगरपालिका–१ मा आगलागी हुँदा अस्पतालसहित ८ वटा पसल जलेका छन्। 

मध्यराति १ बजे धनगढी–१ सारथी अस्पताल क्षेत्रमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए। 

EPIC

अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। 

त्यहाँबाट सल्केको आगोले अन्य पसल र अस्पतालसम्मै पुगेको हो। आगलागीबाट मानविय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 
क्षतिको एकिन विवरण आइसकेको छैन। ‘अस्पताल जलेर ध्वस्त छ, भौतिक संरचनामा क्षति पुगेको छ, मानविय क्षति भएको छैन,’ डीएसपी चन्दले भने, ‘क्षतिको विवरण संकलन गरिरहेका छौँ।’ 

आगलागीबाट अस्पतालसंगै रहेका गोदाममा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। 

दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टरको गोदाम, टेकेन्द्र शर्माले सञ्चालन गरेको बेवी सपको मधुमाला देवी सप,

वासुदेव भट्टको ब्याग हाउस, जगत् बहादुर बलायरको सुभिक्षादेवी सपिङ्ग सेन्टरमा क्षति पुगेको छ।

यस्तै, शोदा साउदले सञ्चालन गरेको कपडा, जुत्ता, ब्यागको न्यू सदिक्षा ईन्टरप्राईजेजी, गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु–सेन्टर र जानकी भट्टको भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा आगलागीले भएको छ। 

मध्यराति सल्केको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन। जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली, स्थानीयसहित धनगढी उपमहानगरका २, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १÷१ वटा गरी ४ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।

‘धुँवा आइरहेकै छ, दमकलले पानीको फोहोरा हानिरहेका छौँ,’ डीएसपी चन्दले भने, ‘अब आगो अन्यत्र सल्किले सम्भावना काम छ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *