धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर

काठमाण्डौ – धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।

भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति झडप भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले चार राउन्ड हवाई फायर गरेको उहाँले जानकारी दिनुभयो ।

झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *