Search
Close this search box.
Search
Close this search box.

धनुषामा १३ जोडीले गरे अन्तरजातीय विवाह

धनुषाको मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा १३ जोडीले अन्तरजातीय विवाह गरेका छन् ।

शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक तथा अन्तरजातीय विवाह गराइएको हो ।

EPIC

असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । असुर निकन्दन रमेणी यन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ ।

यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छन् । यस विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको अनुमति तथा उपस्थिति अनिवार्य हुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *