Search
Close this search box.
Search
Close this search box.

धनुषा र सप्तरीमा बाल्टीनको पानीमा डुबेर दुई बालकको मृत्यु

धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका–४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उता सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातो बजार बस्ने देवकुमार मालिको ९ महिनाको छोरा बिराटकुमार मालिको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *