धरानका मेयर हर्क सम्पाङलाई कारबाहीको माग गर्दै प्रशासन कार्यालय घेराउ

धरान। धरानका मेयर हर्क साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको अभियोगमा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ। 

धरान-१३ धरान उपमहानगरपालिका-१३ का बासिन्दाले मंगलबार कार्यालयमा घेराउ गरी धर्ना दिएका छन्। मेयर साम्पाङले धरान-१३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल भत्काएको भन्दै स्थानीय बासिन्दाले उनी विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए। 

EPIC EPIC EPIC EPIC EPIC

उजुरी दिँदा समेत सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दोषीमाथि कारबाही गर्न चासो नदिएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रनु परेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले बताए। 

उनले आफ्नो गाउँको खोला नियन्त्रण गर्न लगाइएको ग्याबिन बाल भत्काउनेलाई पक्राउ गरी कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए। 

प्लेकार्डसहित कार्यालयमा उपस्थित भएका स्थानीयले तार जाली भत्काउन लगाउने हर्क साम्पाङलाई कारबाही गर्, शान्ति सुरक्षा कायम गर्, सामाजिक सद्भाव कायम गर्, सार्वजनिक सम्पत्तिको संरक्षण गर जस्ता नारा लगाएका थिए। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दालाई ग्याबिन वाल भत्काएको विषयमा छानबिन गरि दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आफूहरू धरान फर्किएको स्थानीय कुलबहादुर रानामगरले बताए। 

उनले सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही  नगरी स्थानीय प्रहरी प्रशासन निरीह बनेको आरोप लगाए। प्रजिअ तिवारीले ग्याबिन बाल भत्काएको विषयमा कानुनी प्रक्रिया अगाडि बढाउने बताए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *