धरानबाट धनकुटा जाँदै गरेको बस दुर्घटना हुँदा हालसम्म मृतकको संख्या तीन पुग्यो

धनकुटा। धरानबाट धनकुटा जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

धरानबाट भोजपुरका लागि जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका–६ मा दुर्घटनामा परेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार सख्त घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सोमबार नै धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कोशी लोकमार्गमा यात्रुवाहक सडकबाट तल खस्दा दुर्घटना भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *