धर्म र देशमध्ये छान्नुपर्ने अवस्थामा धर्मलाई प्राथमिकता दिनु पर्ने: सांसद लिङ्देन

पालिका संवाददाता

झापा। रामजानकी तथा रामेश्वर शिव मन्दिर परिवार, कचनकवल-६ बनियानीको आयोजनामा जारी संगीतपूर्ण श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ १०८ अन्तर्गत ३०औं महापुराणको दोस्रो साँझमा झापा क्षेत्र नं. ३ (क) का प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख सम्बोधन गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

सांसद लिङ्देनले पछिल्लो समय सनातन धर्म र हिन्दुत्वमाथि बढ्दै गइरहेका चुनौतीहरूबारे चर्चा गर्दै धर्मको संरक्षणका लागि सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “धर्म कहिलेकाहीँ देशभन्दा ठूलो हुन्छ। हालको परिप्रेक्ष्यमा हाम्रो धर्ममाथि संकटको संकेत देखिँदैछ। यस्ता चुनौतीहरू सामना गर्न चनाखो र जागरूक बन्नुपर्छ। यस प्रकारका धार्मिक अनुष्ठानहरूले हामीलाई धर्मप्रतिको जिम्मेवारीबोध गराउन महत्त्वपूर्ण भूमिका खेल्छन्।”

लिङ्देनले २०४५/४६ सालतिर भुटानबाट विस्थापित नेपालीभाषीहरूको उदाहरण प्रस्तुत गर्दै धर्मका लागि गरिएको त्यागको महत्त्वमाथि प्रकाश पारे। उनले भने, “त्यतिबेला भुटान सरकारले भाषा, पोशाक, र धर्मका आधारमा दमनकारी नीति लागू गरेपछि नेपालीभाषी भुटानीहरूले आफ्नो धर्म र पहिचानको संरक्षण गर्दै त्यसविरुद्ध संघर्ष गरे। दमन चर्किँदै गएपछि, देश र सम्पत्ति त्यागेर एक लाख नेपालीभाषी हिन्दूहरूले शरणार्थी जीवन रोजे। धर्म नत्याग्ने अडानले उनीहरूको प्रतिबद्धता स्पष्ट देखायो।”

लिङ्देनले अहिलेको सूचना प्रविधिको युगले सनातन धर्ममाथि थप चुनौती खडा गर्नसक्ने चेतावनी पनि दिए। उनले भने, “आज हामीलाई केही नभएजस्तो लाग्न सक्छ। तर, यदि भविष्यमा धर्म र देशमध्ये छान्नुपर्ने अवस्था आयो भने धर्मको महत्त्व बुझेर त्यसलाई जोगाउन प्रतिबद्ध हुनुपर्छ। इतिहासले यसबारे स्पष्ट पाठ दिएको छ।”

उनको सम्बोधनले धर्मप्रतिको जिम्मेवारीबोध र सचेतना जगाउने महत्त्वलाई विशेष जोड दिएको थियो। यसैबीच, श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञले धार्मिक, सांस्कृतिक, र सामाजिक चेतना फैलाउने काम गरिरहेको छ। यस्तो अनुष्ठानले समाजमा एकता, सद्भाव, र धर्मप्रतिको गहिरो भावनालाई उजागर गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

महायज्ञमा दैनिक रूपमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहँदै आएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *