धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार उनी सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
बिहीबार बिहान ६:४५ बजे खबर पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट इन्स्पेक्टर सहितको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
गंगाजमुना-४, गुम्दीका स्थायी बासिन्दा श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी भएका थिए।
धादिङको टिमका कप्तान रहेका श्रेष्ठ नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो।