धानबालीमा क्षति भोगेका किसानलाई एक महीनाभित्र राहत

काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई सरकारले एक महीनाभित्रै राहत उपलब्ध गराउने भएको छ ।

किसानको बैंक खातामै क्षतिअनुसारको नगद राहत उपलब्ध गराउने गरी राहत वितरणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

EPIC EPIC EPIC

सरकारले गठन गरेको किसानको क्षति मूल्याङ्कनसम्बन्धी उच्चस्तरीय कार्यदलले तयार गरेको कार्यविधि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै राहत वितरणको बाटो खुलेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

‘मन्त्रिपरिषद्ले किसानलाई राहत वितरण गर्ने कार्यविधि स्वीकृत गरेको छ, अबको एक महीनाभित्र किसानको खातामै राहत रकम पुग्ने गरी प्रक्रिया सुरु हुन्छ,’ प्रवक्ता सञ्जेलले जानकारी दिए। कार्यविधि केही दिनमै राजपत्रमा प्रकाशित हुने र लगत्त राहत वितरणको प्रक्रिया सुरु गर्ने उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *