धान चामल आयात बढ्दो

काठमाडौं । नेपालमा धान चामल आयातमा १० अर्ब हाराहारीको गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वपर्षको ८ महिनामा नेपालमा २५ अर्ब ७८ करोड रुपैयाँ भन्दा धेरैको धान चामल आयात भएको छ । जबकि गर्त वर्ष समीक्ष अवधिमा ३५ अर्ब ६३ करोड रुपैयाँको धान चामल नेपाल भित्रिएको थियो ।

EPIC

विभागकाअनुसार चालु आवको फगुनसम्म बिउको रुपमा ४ करोड २७ लाख ७० हजार रुपैयाँको १ लाख ३१ हजार २१३ किलो धान आयात भएको छ । यस्तै चामलको प्रयोजनका लागि १४ अर्ब २६ करोड ३ लाख रुपैयाँ बराबरको ३९ करोड ४६ लाख किलो धान नेपालले आयात भएको छ ।

EPIC EPIC EPIC

प्रशोधित चामल भने यस अवधिमा ११ अर्ब ४८ करोड १० लाख ३६ हजार रुपैयाँको १७ करोड १९ लाख किलो चामल नेपाल भित्रिएको विभागले जनाएको छ । जबकि गत वर्ष २१ अर्ब ६२ करोड रुपैयाँको ३९ करोड ६७ लाख किलो चामल नेपाल आयात भएको थियो ।

यस्तै गर्त वर्ष ३ करोडको धानको बिउ, १३ अर्ब ९७ करोडको ४७ करोड ६२ लाख किलो धान आयात भएको छ । विभागकाअनुसार यस वर्ष धानको आयात गत वर्षको तुलनामा २९ करोडले धानको आयात बढेको छ । तर, चामलको आयात भने १० अर्ब १४ करोडले घटेको छ । चामलको आयात परिमाण पनि २२ करोड किलोले कम देखिएको छ ।

कनिका आयात पनि घट्यो

विभागका अनुसार गत वर्षको तुलनामा कनिकाको आयात पनि घटेको छ । चालु आवको ८ महिनामा २८ करोड २७ लाख रुपैयाँ बराबरको ८८ लाख ६९ हजार किलो मात्रै कनिका नेपाल आयात भएको छ ।

गत वर्ष यस अवधिमा एक अर्ब १३ करोडको कनिका आयात भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *