मेचीनगर। झापाको मेचीनगर १० स्थित हिमालाय टोलमा एक अन्दाजी ३५–३६ वर्षीय अज्ञात पुरुष अचेत अवस्थामा फेला परेका छन्।
स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीले तत्काल उद्धार गरी ती व्यक्तिलाई उपचारका लागि मेची आम्दा अस्पताल पुर्याएको हो।
गहुँगोरो वर्ण, छोटो दारी-जुँगा, खैरो र कालो बुट्टा भएको भेष्ट तथा कालो ट्रयाक पाइन्ट लगाएका ती पुरुषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
हालसम्म ती पुरुष बोल्न सक्ने अवस्थामा छैनन् र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।